पहिरोले पुरिएर शेरबहादुरका दम्पती वेपत्ता

नवलपरासी। नवलपुरको बुलिंगटार गाउँपालिका –२ डाडाँझेरीमा पहिरोले पुरिएर २ जना वेपत्ता भएका छन्। पहिरोले स्थानीय डाडाँझेरी टाँणीका शेरबहादुर सार्की र श्रीमति खिनीमायाँ सार्कीलाई वेपत्ता बनाएको हो। बेपत्ता सार्की दम्पतीको स्थानीयहरुले खोजी गरिरहेका छन्। पानी निरन्तर परिरहेकाले खोजी कार्यमा कठिनाई भएको छ। यसैबीच पहिरोका कारण सडक अवरुद्ध हुँदा बुलिङटार र बौदिकाली गाउँपालिका जाने सबै मोटर बाटो अवरुद्ध भएका छन्।

यसैबीच पहिरोमा पुरिरहेकाहरुको खोजतलाश गर्ने क्रममा आज बिहान शव फेला परेको हो। घटनास्थल सदरमुकाम कावासोतबिाट ५० किलोमिटर उत्तरमा पर्दछ।