काँग्रेस बिपीको समाजवादको बाटोमा छ: सभापति देउवा

Prabhu Bank

काठमाडौं। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाले देखाएको लोकतान्त्रिक समाजवादको बाटोमा काँग्रेस सदैव क्रियाशील रहने उल्लेख गरे।

Saftey Pads

प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको ३८औँ स्मृति दिवसका अवसरमा मंगलबार उहाँले बिपीप्रति श्रद्धासुमन व्यक्त गर्दै लोकतान्त्रिक समावजादको बाटो अंगालेर विकास, न्याय र समानताको बाटोमा काँग्रेस अग्रसर रहने बताए।

यसैगरी काँग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले बिपीले नैतिकता बिनाको राजनीतिले कहीँकतै पुर्‍याउँदैन भन्ने गरेको स्मरण गर्दै राजनीतिमा पहिलो अनिवार्य योग्यता नै नैतिकता भएको उल्लेख गरे।

उनले राष्ट्रियता र प्रजातन्त्र एक अर्काका पूरक भएको र राष्ट्र हित चाहने शक्ति एक भएर राष्ट्रियता र प्रजातन्त्रको संरक्षण गर्दै समाजवादमा बिपीको विचार अझ फैलाउन उच्च नैतिकता र गम्भीरताका साथ अघि बढ्नु आजको आवश्यकता हो भने। काँग्रेसले आज देशैभर विभिन्न कार्यक्रम गरी बिपीको ३८औँ स्मृति दिवस मनाइरहेको छ।

अन्य सम्बन्धित समाचार:  महाराजगन्ज शिक्षण अस्पतालको आकस्मिक सेवा बन्द

बी.पी. स्मृति दिवसमा अन्तरक्रिया र वृक्षारोपण

उता नेपाली कांग्रेसका स्वर्गीय नेता वी पी कोइरालाको ३८ औ स्मृति दिवसका अवसरमा नेपाल प्रेस युनियन रामेछापले अन्तरक्रिया कार्यक्रम र नेपाली कांग्रेस रामेछापले बृक्षारोपण गरेर दिवस मनाएको छ। नेपाल प्रेस युनियन रामेछापले बीपीको परिकल्पनाको समाजबाद र वर्तमान अवस्था विषयक एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना हो। उक्त अन्तरक्रियामा प्रमुख अतिथिका रुपमा रहेका नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपानेले बीपीले नेपाली राजनैतिक इतिहासमा पु¥याएको योगदानाको चर्चा गर्दै उनले अहिले विश्वले नै वीपीले प्रतिपादन गरेको राजनैतिक चिन्तन र दर्शनलाई विश्वले अपनाएको दावी गरे। उनले कांग्रेसले मात्र नभइ कांग्रेसलाई गाली गर्नेहरु पनि वीपीको दर्शन हिडने गरेको बताए।

 

उनले अझै पनि सबै क्षेत्रले विपिको बिचार र दर्शनलाई अक्षरस पालन गर्न जरुरी रहेको बताए। अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाली कांग्रेस रामेछापका निर्वतमान सभापति रामचन्द्र खडकाले बिपी कोइराला आफ्नै दर्शन र विचारका कारण विश्वकै साझा नेताका रुपमा रहेको बताए। कोइरालाले देश र जनतका लागि गरेको निश्वार्थ त्यागका कारण विश्वमा नै शिर उचो र रहेको र कांग्रेसीले गर्व गर्ने विषय बनेको बताए। कार्यक्रममा कांग्रेसका बौद्धिक तथा विपि बिचारको गहन अध्ययन गरेका डा. सुमन कर्मचार्यले राजनैतिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए।

अन्य सम्बन्धित समाचार:  करेन्ट लागेर क्वारेन्टिनमै युवतीको मृत्यु भएपछि क्षतिपूर्तिकाे माग गर्दै प्रदर्शन

यसैबीच वीपी स्मृति दिवसको अवसर पारेर नेपाली कांग्रेस रामेछापले रामेछाप नगरपालिका वडा नं ८ को निर्माणाधिन विटार पार्कमा आसपासको क्षेत्रमा बृक्षारोपण गरेको छ।

रामेछापका सहयोगी मनहरु(रासम)का युवाहरुको सक्रियतामा निर्माणाधिन पार्कमा हरियाली बनाउन सहयोग मिलोस भने वृक्षारोपण कार्यक्रम गरिएको नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्यौपानेले बताए। पार्कमा कटहर, आप, लिची, अमला लगायत फलफुलका विरुवा साथै अन्य रुखजन्य २ सय भन्दा बढी विरुवाहरु समेत लगाइएको नेपली कांग्रेस रामेछापका सचिव लेख बहादुर कार्कीले जानकारी दिए।

Maruti Cement