सर्पको टोकाइबाट महिलाको मृत्युु

महेन्द्रनगर।
सर्पले टोक्दा कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ। महाकाली नगरपालिका-१ को पशुपति टोलमा विषालु सर्पले डस्दा ४० वर्षीय निर्मला पन्तको मृत्यु भएको हो। उपचारका लागि स्वास्थ्य केन्द्र लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  कञ्चनपुरमा बसको ठक्करबाट दुई जनाको मृत्यु