भोलिदेखि पश्चिम क्षेत्रबाट वर्षा क्रमशः कम हुँदै जाने

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि पश्चिम क्षेत्रबाट वर्षा क्रमशः कम हुँदै जाने जनाएको छ। विभागका महानिर्देशक सरजुकुमार वैद्यले मंगलबार गरिएको पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार भोलिबाट पश्चिममा वर्षा कम हुँदै गए पनि प्रदेश १, २, गण्डकी र बागमती प्रदेशमा भने अझै केही दिन वर्षा जारी रहने छ।

साउन चार गतेदेखि निम्नचापीय रेखा नेपालको ठीक माथि रहेका कारणदे शभर मध्यमदेखि भारी वर्षा हुँदै आएको छ। महाशाखाका अनुसार मनसुनी निम्न चापीय रेखा साउन ९ गतेदेखि दक्षिण जाने छ। महानिर्देशक वैद्यका अनुसार निम्न चापीय रेखा दक्षिणतर्फ सर्दै गएमा भारतमा धेरै वर्षा हुन्छ भने नेपालमा सुक्खा हुन्छ।

अन्य सम्बन्धित समाचार:  २२ तोला सुनसहित एक जना पक्राउ