काठमाडौं। विश्वभर (कोभिड-१९) कोरोना भाइरसकाबाट संक्रमित हुने र निको हुने दुवैको संख्या बढिरहेको छ। संक्रमितमध्ये हालसम्म विश्वभर निको हुनेको संख्या ८९ लाख २३ हजार ९ सय ५६ रहेको छ। वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार संक्रमितको संख्या भने १ करोड ४८ लाख ६६ हजार ३ सय ९४ पुगेको छ। मृतकको संख्या भने ६ लाख १३ हजार ५४२ पुगेको छ।
यो समाचार तयार पार्दासम्मको इन्फोका अनुसार ५३ लाख २८ हजार ८९६ जनामा सक्रिय केशमध्ये ६३ हजार ६९९ जनाको अवस्था गम्भीर छ। भाइरसका कारण अमेरिकामा विश्वकै सबैभन्दा बढिको मृत्यु भएको छ। अमेरिकामा ३९ लाख ६१ हजार ६८३ भन्दा बढि संक्रमित मध्ये त्यहाँ अहिलेसम्म १ लाख ४३ हजार ८ सय ३६ जनाले ज्यान गुमाइसकेका छन् भने १८ लाख ५० हजार २ सय २४ जना निको भइ सकेका छन् ।
भारतमा संक्रमित मध्य हालसम्म २८ हजार ९९ सय जनाको मृत्यु भएको छ। नेपालमा भाइरस संक्रमण १७ हजार ८४४ जना पुगेका छन् भने ११ हजार ८६८ जना निको भइसकेका छन्। अहिलेसम्म मृतकको संख्या ४० पुगेको छ भने ५ हजार ९३६ जना उपचाररत छन्।