नेकपा स्थायी कमिटी बैठक केही बेर बसेर स्थगित

Prabhu Bank

काठमाडौँ।

Saftey Pads

नेकपाको स्थायी कमिटी बैठक केहिबेर बसेर फेरि एक हप्ताका लागि स्थगित भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार दिउँसो केहीबेर बसेको बैठक साउन १३ गतेसम्मका लागि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकले अविरल वर्षापछि देशभर आएको बाढी पहिरोबाट प्रभावित बनेकाहरुको उद्धार र राहतमा खटिने निर्णय गर्दै बैठक केही समयकोलागि पर सारेको जनाएको छ। बैठकले बाढी र पहिरोमा परेकाहरुको राहत र उद्धारका लागि स्वयंसेवी रुपमा जुट्न पार्टीका नेता कार्यकर्ताहरुलाई पनि निर्देशन दिएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएका थिएनन् ।

एक हप्ताका लागि बैठक स्थगित, प्रधानमन्त्री ओली भने उपस्थित भएनन्

बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि विवाद उत्कर्षमा पुगेको छ। त्यसयता अर्थात असार १८ पछि बैठक स्थगित हुँदै आएको थियो। बैठक असार १० मा सुरु भएको थियो।

अन्य सम्बन्धित समाचार:  काँग्रेसलाई युवाको पार्टी बनाउनुपर्छ: महामन्त्री कोइराला
Maruti Cement