कोरोनाका कारण रोकियो गणेशमान सिंह स्मृति खुला बक्सिङ प्रतियोगिता

काठमाडौं।
गणेशमान सिंहको स्मृतिमा आयोजना गरिँदै आएको वीर गणेशमान सिंह स्मृति खुला बक्सिङ प्रतियोगिता यसपटक नहुने भएको छ। प्रदेश छनोटसमेत भइसकेको प्रतियोगिता कोरोना महामारीका कारण प्रभावित भएको थियो। आयोजक गणेशमान सिंह फाउन्डेसन, खेल समितिले प्रतियोगिता चैत १८ देखि २२ सम्म आयोजना गराउने लक्ष्य राखेको थियो।

फाउन्डेसनले विज्ञप्तिमा जारी गर्दै कोरोना महामारी लगायतका प्रतिकुलता र राष्ट्रिय खेलकुद परिषदले पनि आर्थिक वर्ष समाप्त भएकाले प्रतियोगिताका नाममा निकाशा भएको रकम फिर्ता गर्न ताकेता गरेकाले प्रतियोगिता रद्द गरिएको जानकारी गराएको छ।

अन्य सम्बन्धित समाचार:  बि डिभिजन लिगमा सातदोवाटो र मध्यपुरको जित