यातायात व्यवसायीले बिहीबारदेखि गाडी चलाउने

काठमाण्डौ। आउँदो बिहीबारदेखि यातायात व्यवसायीले सार्वजनिक गाडी चलाउने निर्णय गरेका छन्। मङ्गलबार काठमाण्डौमा संयुक्त पत्रकार सम्मेलन गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात मजदुरका तीन वटा ट्रेड युनियनले बिहीबारदेखि गाडी चलाउने घोषणा हुन्। महासङ्घका महासचिव सरोज सिटौलाले जोर–बिजोर प्रणालीमा गाडी चलाउने निर्णय गरेको जानकारी दिए।

यस्तै यातायात व्यवसायीले लामो दुरीमा पनि गाडी चलाउने तयारी गरेका छन्। तर यस विषयमा सरकारले कुनै निर्णय गरिसकेको छैन। छोटो दुरीमा सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक गाडी चलाउने सरकारले निर्णय गरे पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र यातायात मजदुरका ट्रेड युनियनले गाडी चलाउन मानेका थिएनन्। अन्य सार्वजनिक गाडी भने गएको असार २९ गतेदेखि नै चल्न थालेका थिए।

अन्य सम्बन्धित समाचार:  प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक सुरु