काठमाडौंमा ९ र सुदूरपश्चिममा थप २७ जनामा कोरोना पुष्टि

९७.९

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार काठमाडौं उपत्यकामा ९ जना कोरोना संक्रमित भेटिएका छन्। काठमाडौं जिल्लामा ८ जना र ललितपुरमा १ जना संक्रमित भेटिएका छन्। 

सुदूरपश्चिममा मंगलवार थप २७ जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा मंगलवार थप २७ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा १ सय ८८ जनाको कोरोना परीक्षण भएकोमा २७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार कञ्चनपुरका २० जना, बझाङका चार जना र कैलालीका तीन जनामा कोरोना पुष्टि भएको हो। कञ्चनपुरको बेदकोट नगरपालिकाका ७ पुरुष र ४ महिला गरी ११ जना, शुक्लाफाँटा नगरपालिकाका ५ पुरुष र १ महिला गरी ६ जना, लालझाँडी गाउँपालिकाका ३ पुरुषमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

अन्य सम्बन्धित समाचार:  विप्लबसँग वार्ता गर्न सरकारद्धारा वार्ता टोली गठन

कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ११ का २ पुरुष र १ महिलामा समेत कोरोना पुष्टि भएको उनले बताए। उता बझाङको जयपृथ्वी नगरपालिका वडा नम्वर ३ का २ महिला र १ पुरुष तथा छबीसपाथिभेरा गाउँपालिका वडा नम्वर ६ का १ पुरुषमा कोरोना पुष्टि भएको छ।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ४ सय २२ पुगेको छ। संक्रमण पुष्टि भएका २ हजार १ सय २९ जना डिस्चार्ज भएका छन भने ८ जनाको मृत्यु भईसकेको छ।