धादिङको बेनीघाटमा १२ घर पहिरोमा बगे, तीनवटा टिपर पुरिए

काठमाडौं।

निरन्तरको झरिपछिको पहिरोका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिका जवाङ खोलामा १२ घर बगाएको छ। गाउँपालिका कार्यालयका अनुसार जवाङ खोलामा सञ्चालित ढुंगाखानीमा पहिरो खसेको खवर ढिलो गरि  प्राप्त गरेको पालिकाले जनाएको छ। घटना सोमबारको हो। पहिरोमा कुनै मानवीय क्षति नभएपनि घर बगाएका १२ परिवारलाई अहिले सुरक्षित स्थानमा राखिएको गाउँपालिकाका कर्मचारीले जनाएका छन्।

पहिरोले ३ वटा टिपर पुरेको छ भने पाँचवटा एस्काभेटर समेत पुरेको छ। अविरल वर्षाका कारण अहिले सो क्षेत्रमा विद्युत र इन्टरनेट सेवा बन्द भएको क्षतिको यकिन विवरण संकलन गर्न नसकिएको उता जल तथा मौसम पूर्वानुमान विभागले बुधवारदेखि भने पानी कम पर्ने जनाएको छ।
अन्य सम्बन्धित समाचार:  ललितपुरमा गाडीको ठक्करबाट एक युवतीको मृत्यु