राजविराज नगरपालीकामा फेरि लकडाउन

सप्तरी।

श्रावण ७ देखि अर्काे सुचना जारी नहुन्जेल सम्मको लागि राजविराज नगरपालीकाले  नगर क्षेत्र पुर्णरूपमा लकडाउन गर्ने भएको छ। काेभिड १९ काे संक्रमण फैलिन नदिन राजबिराज नगरक्षेत्र भित्र पुर्ण रूपमा लकडाउन गर्ने नगर प्रमुख शंभुप्रसाद यादबले जारी गरेको विज्ञप्तिमा छ।

राजविराज नगरपालीकाले नगर क्षेत्र पुर्णरूपमा लकडाउन गर्ने

लकडाउनको अवधि भित्र सामाजिक दूरी पालना गरि अति आवश्यक परेका काममा मात्र निक्लन, पसल, बजार व्यवसाय, वित्तिय संस्था, कलकारखाना बन्द गरि सहयोग गरिदिन नगराबासीमा आग्रह गरिएको छ।

अन्य सम्बन्धित समाचार:  दुलही लिन हेलिकोप्टर चार्टर