रहेनन् संसदमा चप्पल नलगाई आउने बर्मन बूढा



 

काठमाडौँ। पुराना कम्युनिष्ट नेता बर्मन बुढाको ९० वर्षको उमेरमा निधन भएको छ। उनको ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा बुधबार बिहान निधन भएको हो।

रोल्पाको थवाङ घर भएका बुढा आन्द्राको क्यान्सरबाट पीडित थिए। उनको एक वर्षदेखि उपचार हुँदै आएको थियो। बुढा २०४८ सालको संसदीय निर्वाचनमा संयुक्त जनमोर्चा नेपालबाट रोल्पाबाट निर्वाचित भएका थिए। त्यतिबेला संसद्मा जनमोर्चाको नेतृत्व कृष्णबहादुर महराले गरेका थिए।

पछि उनी माओवादीले थालेको सशस्त्र बिद्रोहमा लागे। संसद्मा चप्पल नै नलगाइ आएपछि बुढा त्यतिबेला सबैको नजरमा परेका थिए।

अन्य सम्बन्धित समाचार:  लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा भट्ट