कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ४१ पुग्यो

 

विराटनगर। कोरोना भाइरसको संक्रमणबाट नेपालमा हालसम्म ४१ जनाको मृत्यु भएको छ। पछिल्लो पटक महोत्तरीको महोत्तरी गाउँपालिका–३ का ६० वर्षीय पुरुषको कोरोना भाइरसबाट मृत्यु भएको हो।

उनको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञानमा उपचारका क्रममा मंगलबार राति मृत्यु भएको सो अस्पतालका प्रवक्ता डा निदेश सापकोटाले बताए। उनलाई तीन दिन अघि सो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। उनको कोरोनाको रिपोर्ट पोजेटिभ आएको तीन दिनपछि मृत्यु भएको हो।

अस्पताल आउँदा उनी गम्भिर अवस्थामा थिए। निमोनिया र मिर्गौला रोगी उनलाई उपचारका लागि अति सघन कक्षमा राखिएको सापकोटाले बताए। उनको मंगलबार राति नै अन्त्यष्टि गरिएको छ। यही अस्पतालमा यसअघि सप्तरीको राजविराजका एक जनाको कोरोनाका कारण मृत्यु भएको थियो।

अन्य सम्बन्धित समाचार:  नेकपा विवादको फैसला सर्वोच्चले आइतबार सुनाउने