पर्वतमा कारागार भत्कियो, कैदीलाई बागलुङ र म्याग्दी सारियो

 

पर्वत। तीन दिनदेखि लागातार वर्षा भएपछि जिल्ला कारागारको भवन र पर्खाल मंगलबार राति भत्किएको छ। महिला बन्दीगृह भत्किए पछि बन्दीगृहमा राखिएका महिला कैदीलाई छिमेकी जिल्ला बागलुङ र म्याग्दी सारिएको छ।

बन्दीगृहमा सात महिला रहेका थिए। पाँच जनालाई बागलुङ र दुई जनालाई म्याग्दी जिल्ला कारागार लगिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए। पुरानो भवनजीर्ण बनेपछि वर्षाका कारण भत्किएको हो। एउटै जिल्लामा राख्न सकिने अवस्था नभएपछि दुवै जिल्ला कारागारमा राख्नु परेको रेग्मीले बताए।

नयाँ  कारागार भवन निर्माण आर्थिक अभावले रोकिएको छ। रकम अपुग भएपछि भवन निर्माणको काम अलपत्र छ। पन्ध्र जनाको क्षमता रहेको कारागारमा अहिले झण्डै ८० कैदीबन्दी राखिएको छ। पुरुष राखिएको भवन भने दुरुस्त छ। लगातारको पानीले जिल्ला कृषि ज्ञान केन्द्रको भवन समेत भत्किएको छ।

अन्य सम्बन्धित समाचार:  प्रचण्ड–माधव पक्षले बोलायो केन्द्रीय कमिटी बैठक

पानीले जमिन भाँसिएको छ। यसैगरी कालीगण्डकी नदीमा आएको बाढीले कालीगण्डकी र रघुगङ्गा नदीको दोभानमा रहेको राम मन्दिरमा क्षति पुगेको छ। कटान जारी छ।