बुढीगंगा नगरपालिका वडा -१ का अध्यक्षको निधन

 

मदन विक, बाजुरा। बुढीगंगा नगरपालिका वडा नं १ का वडा अध्यक्ष  राजेश कुमार सिंहको मृत्यु भएको छ। बुधबार बिहान नुहाएर आएको केहीछिनमा नै बेहोस भएपछि सोहि स्थानमा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

६८ वर्षीय  सिंह नियमित घरको पूजा गर्ने तयारीमा थिए। मृत्युको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।

अन्य सम्बन्धित समाचार:  ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए