महाकाली किनारबासी वर्षेनी बाढीको त्रासमा (तस्बिरहरु)

डडेल्धुरा। नेपाल भारतको सिमा नदी महाकाली किनारबासीका लागी हरेक बर्खा त्रासको रुपमा परिणत हुँदै आईरहेको छ। नदी किनार क्षेत्रमा बसोवास गर्ने स्थानियका लागि महाकालीको पानी हेर्नलाई मात्रै छ। बाढी, कटानी र पटानी निम्त्याउने महाकाली नदी किनार क्षेत्र सधै कहरमा नै रहेको छ।

महाकाली नदी परशुराम नगरपालिका–३, ५ र ६ छोएर कञ्चनपुरतर्फ बग्छ। नदीको ऐतिहासिक महत्व पनि छ। यसको भित्रि कथा निकै दर्दनाक छ। भारत तर्फ पातलो बस्ती र बाक्लो जंगल छ। नेपाल तर्फ बस्तीहरु मात्रै छन्। कमजोर चुरे भुभाग एवं तटबन्ध नै नहुनुले नेपालका बस्तीतर्फ क्षती गर्ने आधारहरु छन्।

नेपाल तर्फका दर्जन बढी गाउँ बर्षात आउने बित्तिकै त्रासदिपूर्ण माहोलमा बस्न बाध्य हुन्छन्। छेउ छाउका स–साना खहरेहरुले यातायात बाटो बन्द गरीदिए पछि संकुचित भएर बस्नु पर्ने बाध्यता स्थानियको छ। महाकालीको भेलसंगै आफ्नो खेतीयोग्य जमीन, बाटोघाटो, पानी पधेरा निरन्तर हेर्नु पर्ने पिडा यी बस्तीहरुमा सधै जसो बर्षातमा आईरहन्छ।

नदी किनारमा २५ देखी ३० परिवार दशकौ देखी बसीरहेका छन्। खानेपानी सिंचाई र स्वास्थ्यको चरम अभाव छ। यो गाउँमा जान भारतको बाटो प्रयोग गर्नु पर्ने बाध्यता छ। नेपालको बाटोबाट पुरै एक दिन पैदल लाग्छ। यस गाऊको फेद भएर महाकाली नदी बग्दछ। महाकालीको बहाव बढे पछी कहि कतै पनि जान सकिदैन्।

नदी किनारको तटीय गाउँ भएकाले बर्षातको समयमा असुरक्षित यात्रा बाध्यता बनेको छ। स्थानीयबासी दुःखेसो पोख्छन्। सडकको त कुरै नगरौँ। गाउँ जोड्ने बाटो पनि व्यवस्थित नभएकाले बाध्य भएर जोखिम मोल्नु पर्छ यस गाउका स्थानीयहरुले।

सधैजसो बर्षातको बेला प्रभावमा रहिरहने क्षेत्र मध्ये एक हो परीगाऊ र परशुरामधाम। बर्षातको बेलामा जोखीममा रहने क्षेत्रको रुपमा परशुराम नगरपालिका–५ परीगाउको तटीय क्षेत्र पनि रहेको छ। बिसालपुरको तल्लो क्षेत्र, बालुवाटार, घट्टेप्लट क्षेत्र र परशुराम धाम क्षेत्र पनि निकै जोखिममा रहदै आएको छ।

अन्य सम्बन्धित समाचार:  विद्यालयस्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक

महाकाली नदीको पानीको सतह पाँच मिटर भन्दा माथि जाने बित्तीकै परशुराम धाममा रहेको मूख्य मन्दिरमा आउन जान सकिदैन। मन्दिरक्षेत्र मात्रै अग्लो चट्टानमा छ। त्यहाँ जाने दुबै तर्फ महाकाली नदीको भेलले हरेक बर्ष मन्दिरलाई टापु जस्तै बनाउदै आएको छ। उचित तटबन्ध र मन्दिर लाई बचाउनको निमित्त कुनै प्रयास गरीएन भने मन्दिरमा क्षती हुन सक्छ। परशुरामधाम नदी अवलोकनकर्ता तारा जोशीले भने।

रंगुन नदी र महाकाली नदीको दोहोरो प्रभावमा रहेको छ घट्टेप्लट गाउँ। बस्तुभाउ चराउन, आवश्यक परेका बेला नदीजन्य पदार्थहरु बालुवा, ढुंगा, दाउरा आदी संकलन गर्न नदीमै जानु पर्दछ। बस्तीको दक्षिणतिर महाकाली र उतरपूर्व बाट बग्दै आएको रंगुनको धारमा रहेको यस क्षेत्रको करीव चार सय रोपनी जमीन कटानी र पटानी समेत भईसकेको छ।

हाल आएर रंगुनको धारमा तटबन्द भए पछि बल्ल केही राहत भएको छ। बहादुरे महिला सशक्तिकरण केन्द्र परिगाउकी संयोजक भावना खड्काले भनिन्।

नदीको तटमा रहेको हिउदमा सुख्खा र बर्षातमा महाकालीको कटानीको मारमा पर्ने कुणा, छेला र तातापनी गाउँ। रंगुन नदी महाकालीमा मिसिने बित्तिकै नदी दक्षीणतीर मोडिन्छ। मोडमै पर्छ कुणा गाउँ। परशुराम नगरपालिका– ५ कै वडा केन्द्र रहेको यस बस्तीमा महाकाली नदीको सोझै धार ठोक्कीदा हाल सम्मन चार परिवार बिस्तापित भईसकेका छन्। तिन सय रोपनी जमीन कटानी भएको छ। यस्तै पिडा छ। छेला गाउको किनार, बण्ड र तातपानी गाउँको।

महाकाली किनारको सडक बगाउदा एक किलोमिटर माथि सारीएको छ। बस्ती भएर सादनी जाने सडक। बण्ड गाउको छेउ नजीक रहेका पसल, मिलको क्षेत्र सबै बगाई सक्यो नदीले। यस्तै तातपानी गाउलाई नदीको बगर जस्तै बनाएको छ। घरहरु नदी किनारमै देखीन्छन्। स्थानीयहरु बर्षातमा निकै त्रसीत अवस्थामा बस्नुपर्ने स्थानीय मिना साउद बताउछिन्।

अन्य सम्बन्धित समाचार:  फागुन २२ वा २३ मा संसद बैठक बस्ने

सादनी खोला र महाकाली नदीको कटानले गाउँ लगभग आधि जती सकिएका छन। धेरै जसो बसाई सरी सकेको उनले बताईन्। सानोतीनो रुपमा सादनी खोलामा तटबन्ध भएको छ। तर महाकाली नदीको कटानीको बहाव रोक्न हाल सम्म सरकारको तवरबाट कुनै पनि योजना नआए पछि गाउनै बग्ने चीन्ता गाउलेहरुलाई छ।

बिस्तापित नाका सिसमजाला बस्ती

१० बर्ष पहिले भित्रिमधेश क्षेत्रको भारत आउजाउने गर्ने प्रसीद्ध नाका सिसमजाला हो। यो पुरै वस्ति नदीले बगाईसकेको छ। बर्षातको समयमा जानै नसकीने टापुको रुपमा रहने त्यो ठाउमा मनोमहोक बस्ती, पसलहरु र छोटी भन्सार पनि थियो। सिसमजालामा बस्ने स्थानीयहरुले पूर्ण रुपमा बस्ती सारीसकेका छन। खेती पाती पनि कोहि गर्दैन्न। हिउदको समयमा अस्थाई टहरा निर्माण गरी डुंगा संचालकहरु मात्र बस्ने गरेका छन।

हाल आएर वडा एवं नगरसंगको समन्वयात्मक भुमीकामा तटीय बस्तीहरुमा ट्रोसा परियोजना सञ्चालनमा छ। बिपन्न समुदाय तथा नदी तटीय समुदायहरुको नदी एवं नदीजन्य श्रोतहरुमा पहुच वृद्धि, क्षमता अभिवृद्धि र पूर्वसूचना प्रणाली बिस्तारमा सहजीकरण गर्न रुडुक र अक्सफामकोे साझेदारीमा दक्षीण एशीयाली सिमा नदीहरुको सामुदायीक सदुपयोग त्च्इक्ब् परियोजनाले सहजीकरण सहयोग गरीरहेको छ।

यस्तै भोरकुण्डा, कराली खालीगडा, मसिनजाला लगाएत महाकाली सिमाका रहेका दर्जन बढी गाउँका स्थानिय बर्षेनी महाकाली नदी र उक्त नदीमा मिसीने स साना खहरेको त्रासमा रहीआएका छन्। अधिकांस ब्यक्तिहरुले आन्तरीक बसाईसराई र हुनेखानेले बाह्य बसाईसराई गरी अन्यत्रै गएको वडा नं. ६ का कर्मचारी तेज बोहराले बताए।