दार्चुलाका सरकारी कार्यालयहरुमा पुगेन नेपालको नयाँ नक्सा 

श्रवण देउवा, धनगढी।
नेपाल सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक भएको दुई महिना पुरा भइसक्दा समेत आधिकारीक रुपमा दार्चुलाका सरकारी कार्यालयहरुमा पुगेको छैन्। भूमि व्यवस्था मन्त्री पद्यमा अर्यालले गत जेठ ७ गते पत्रकार सम्मेलन गरी मन्त्रिपरिषले जेठ ५ गते स्वीकृत गरेको नयाँ नक्सा सार्वजनिक गरेकी थिइन्। सरकारले नक्सा सार्वजनिक गरेको दुई महिना पुरा भईसक्दा समेत आधिकारीक नक्सा नपाउँदा दार्चुला जिल्लाका सरकारी कार्यालयहरुको भित्तामा पुरानै नक्सा राखीएको छ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिहं कुवँरले नेपाल सरकारबाट आधिकारीक रुपमा दार्चुलाका कुनैपनि सरकारी कार्यालयमा नयाँ नक्सा प्राप्त नभएको बताए। उनले केन्द्रबाट नयाँ नक्सा जारी भएको र सोही नक्सा प्रयोग गर्ने भन्दै पत्र मात्रै पठाएको जानकारी दिए। नयाँ नक्सा आफै बनाउन दार्चुलामा कुनै छापाखाना नभएको कारण हालसम्म कार्यालयमा पुरानै नक्सा राख्न बाध्य भएको कुवँरले बताए।

अन्य सम्बन्धित समाचार:  देउवासँग मिलेर संयुक्त सरकार बनाउन प्रचण्ड र माधवको प्रस्ताव