सप्तरीका दुई कर्मचारीमा कोरोना पुष्टि, संक्रमितको संख्या ३ सय ९२ पुग्यो

शुभ नारायण यादव, राजविराज।
बुधवार सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालका दुई जना कर्मचारीमा कोरोना पोजेटिभ भएपछि अस्पताल सिल गरिएको छ। त्यसैगरि सप्तरीमा २२ महिलासहित २ सय ७२ जना कोरोना संक्रमण जितेर घर फर्केको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ।

सप्तरीको राजविराज, कञ्चनरुप, डाक्नेश्वरी लगायतका स्थानका कारोना संक्रमित निको भएपछि डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले जानकारी दिए।

संक्रमण भएर आईसोलेसनमा राखिएका उनीहरुको अन्तिम परिक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। संक्रमित मध्ये १ जनाको साउन १ गते उपचारकै क्रममा धरानमा मृत्यु भएको थियो। सप्तरीमा कोरोना संक्रमितको संख्या ३ सय ९२ पुगेको छ।