अभिनेता राजेश हमालका भाइ रहेनन्



काठमाडौं। नयाँ दिल्लीमा उपचारको क्रममा अभिनेता राजेश हमालका एक मात्र भाइ राकेश हमालको निधन भएको छ। कलेजोको समस्याका कारण केही दिनअघि प्लेन चार्टर्ड गरेर उनलाई दिल्ली पुर्‍याइएको थियो। त्यहाँको ह्याम्स अस्पतालमा उपचारको क्रममा राकेशको निधन भएको बताईएको छ। राकेशका श्रीमती र दुई छोराछोरी छन्। राजेशका दम्पत्ति र भाइको परिवार काठमाडौंमा एउटै घरमा बस्दै आएका थिए।