शिक्षण अस्पतालमा कोरोना संक्रमित चिनियाँ महिलाको मृत्यु

काठमाडौँ। महाराजगञ्जस्थित शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको उपचारका क्रममा मृत्यु भएको छ। उनको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको अस्पतालका निर्देशक डा. रोहित पौडेलले जनाए।

उनलाई मंगलबार बेलुका अस्पताल भर्ना गरिएको थियो। मृतक महिलालाई ग्रान्डी अस्पतालबाट टिचिङमा ‘रिफर’ गरिएको थियो। उनलाई ग्रान्डी अस्पतालमै हुँदा संक्रमण पुष्टि भएको थियो।

उनको शव अस्पतालमै राखिएको र दूतावासको रोहबरमा सेनाले शव व्यवस्थापन गर्ने कुरा भइरहेको निर्देशक पौडेलले बताए।

अन्य सम्बन्धित समाचार:  बाटो बिराएकालाई फर्कन प्रचण्ड–माधव समुहको आग्रह