तानाशाह विरुद्ध युवा आन्दोलनः हजारौंको सहभागिता 

एजेन्सी।
स्वतन्त्र युवा अभियान नामक समूहले संसद् विघटन गरी संविधान संशोधनको मागका साथ आन्दोलन चर्काउँदै लगेको छ। गत शनिबार थाइल्याण्डको राजधानी बैंककमा भएको उक्त प्रर्दशनमा सहभागीहरूले अभिव्यक्ति स्वतन्त्रतामा सरकारी हस्तक्षेपको विरोध गरेका थिए।

अधिकारीहरूका अनुसार राजतन्त्र विरुद्ध लेखिएका ब्यानर बोकेका दुई प्रर्दशनकारीलाई सादा पोशाकका सुरक्षाकर्मीले नियन्त्रणमा लिन खोजेपछि अवस्था तनावग्रस्त भएको थियो। लगतै सुरक्षाकर्मीहरु पछि हट्न बाध्य भएका थिए।

प्रर्दशनका दौरान थाइ विद्यार्थी संघका अध्यक्ष जुथापित सिरिखान लगायत विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिले जनताको प्रतिनिधित्वको कारण  विधिको शासन र राष्ट्रिय समृद्धिमा हानी पुगेको आरोप लगाएका थिए।

प्रर्दशनमा कोभिड १९ को व्यवस्थापन गर्न नसकेको,  पलंडा नेतृत्वको संसद भंग गर्नु पर्ने, अभिव्यक्ति स्वतन्त्रतामा  भईरहेका उत्पीडन अन्त्यका साथै  सरकारको पक्षपोषण गर्ने वर्तमान संविधानको वदलामा आम सर्वसाधारणको हित गर्ने नयाँ संविधान जारी गर्नुपर्ने माग उठाईएको थियो।

आफूहरुको माग सुनुवाई नभएको खण्डमा आन्दोलनलाई अझ तीव्र बनाउने चेतावनी प्रर्दशनकारीहरुले दिएका छन्। प्रर्दशनमा स्प्रीङ अभियान नामक विद्यार्थी संगठनले पनि  बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको नाम र तस्वीर अंकित पोष्टर बोकेर विरोध जनाएका थिए। शुरुमा ५०० को संख्यामा शुरु भएको आन्दोलनमा दुई हजार सम्मको सहभागीता रहेको थियो।

अन्य सम्बन्धित समाचार:  सर्वोच्चको फैसलापछि फेरि एमाले र माओवादी केन्द्र ब्युँतिए