मध्यपहाडी लोकमार्ग अवरुद्ध सयौँ सवारी साधन अलपत्र

सुवास आचार्य,बागलुङ।

अविरल वर्षापछि खसेको पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध हुदा दर्जनौ सवारी साधन र सयौ यात्रु अलपत्र परेका छन्। बागलुङ नगरपालिका वडा नम्वर ३ वोक्सेमा पहिरो जादा मंगलवार राती देखी लोकमार्गमा सवारी आवातजावत ठप्प छ। लोकमार्ग अवरुद्ध हुदा बागलुङको पश्चिम क्षेत्रका साथै गुल्मी र रुकुम जान हिडेका पैदल यात्रु अलपत्र भएका छन्।

मध्यपहाडी लोकमार्ग वर्षा, बाढी पहिरोबाट ठाउ टाउमा छिया छिया भएकोले अफुहरु ८ घण्टा पैदल हिडेर बागलुङ वजार आईपुगेको वडिगार्ड गाउपालिकाका टिका काउचाले वताए। बागलुङ हुदै पश्चिम रुकुम सम्म पुग्ने सवारी आवागमनमा समस्या उत्पन्न भएर सयौँ सवारी साधनहरु र यात्रुहरु बिचल्लीमा छन्।

अन्य सम्बन्धित समाचार:  नेपाल विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिश

वर्षाका कारण बागलुङ सदर मुकाम नजिकै बोक्सेको खाल्डोमा पहिरो बगिरहेको ले आवागमन ठप्प छ। मंगलवार राती देखी अवरुद्ध सडक वुधवार अपरान्न सम्मपनी खुलाउन पहल नर्दा आफुहरु अलपत्र परेको सवारी चालकले वताएका छन्।

पहिरोले वाटो अवरुद्ध हुदा कोरोनाका विरामी वोकेको एम्वुलेन्स रोकिएको छ। पहिरो स्थलमा अलपत्र रहेका सवारी साधन र यात्रुहरुको उद्धार गर्ने विषयमा सम्वन्धीत निकाय मौन हुदा आफुहरुले कष्ट भोग्नु परेको यात्रुको गुनासो छ। सानो स्काभेटरले पहिरो पन्छाउन सम्भव नभएपछी डोजर पठाएर वाटो खुलाउने प्रयास भैरहेको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले वताए।

सडक तल रहेको बस्तीका स्थानीयले पहिरो हटाउदा ढुङगा माटो सडक तल फाल्न बिरोध गरिहेकाले यातायात सुचारु गर्न समस्या भएको छ।