यमन युद्धमा कतारको नाम आएकोमा विदेश मन्त्रालयद्वारा आश्चर्य ब्यक्त

Latest Nepali News, Politics, Videos, Entertainment & Sports

 

दोहा।

विदेश मामिला सम्बन्धि मन्त्रालयले कतारको नाम यमनको युद्धमा उल्लेख भएकोमा गहिरो अश्चार्य ब्यक्त गरेको छ। साथै यमनी प्रधानमन्त्रीले कतार माथि लगाएको हुथी आन्दोलन प्रति समर्थन गरेको भन्ने आरोपलाइ स्पष्ट रुपमा अश्विकार गर्दै उक्त गलत आरोपको निन्दा गरेको छ।

मंगलवार जारि गरिएको एक वक्तब्यमा, कतारलाई उक्त हास्यास्पद आरोप लगाउने काममा यति ठुलो प्रयास गर्नु भन्दा यमनी प्रधानमन्त्रीले यमनको त्रासदीलाई रोक्न, यमनी जनतालाई पुनः एकीकृत गर्ने सुत्र फेला पार्न र उनीहरुको तत्कालको आवश्यकतालाई पूर्ति गर्न ती प्रयासहरुलाई निर्देशित र केन्द्रित गर्न लगाएमा उत्तम हुने  उल्लेख गरेको छ।

कतारको विदेश मन्त्रालयले यमनी अधिकारीहरुलाई अन्तर क्षेत्रीय संघर्षबाट वा आफ्ना जनताहरुको त्रासदीलाई उनीहरुसंग असम्बन्धित संघर्षको पक्षमा जोड्नबाट पृथक रहन आह्वान गरेको छ। विदेश मन्त्रालयले कतारको सरकार र जनताको वर्षौं देखि पिडित यमनी जनताप्रति एक्यबद्धता रहेको र यस निरर्थक युद्धको दिगो समाधान पत्ता लगाउन क्षेत्रीय र अन्तरास्ट्रिय प्रयासहरुको समर्थनमा कुनै कसर बाकि नराख्ने जोड दिएको छ।

अन्य सम्बन्धित समाचार:  साउदीका युवराजको आदेशमा पत्रकार खशोग्गीकाे हत्या