रामेछापमा थप दुइ जनामा कोरोना संक्रमण पुष्टी

 

अप्रिल अधिकारी, रामेछाप।

कोरोना संक्रमित मुक्त बनेको रामेछापमा थप दुइ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। कोरोना संक्रमित भइ जिल्ला अस्पताल रामेछापको आइसोलेसनमा रहेका अधिकांश संक्रमित कोरोनामुक्त भइ घर गएपछि संक्रमित मूक्त रहेको रामेछाप जिल्लामा एक साता पछि थप २ जना नयाँ व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले बताए।

जिल्ला स्वास्थ्य कार्यालय रामेछापका अनुसार जिल्लाको सुनापति गाउपालिका २ की २६ बर्षिया महिला र दोरम्बा गाउपालिका ६ का २६ बर्षिय पुरुषको पीसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो। हाल दुबै संक्रमित आइसोलेसनमा रहेका छन्। रामेछापका ८ वटा स्थानीय तहबाट ५ सय ३० जनाको स्वाव संकलन गरि परिक्षणका लागि टेकु पठाइकोमा २५ जनाको रिपोर्ट पोजेटिम आएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ। ४ सय ९२ जनाको रिपोर्ट नेगेटिभ आएको छ। १३ जनाको स्वाव परिक्षणको रिपोर्ट आउन बाकी रहेको  जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  खोप लगाउने सङ्ख्या लक्ष्यभन्दा आधा कम

जिल्ला स्वास्थ्य कार्यालयको नेतृत्वमा जिल्लाका विभिन्न स्थानहरुमा विभिन्न चरणमा  ५ सय ८ जनामा गरिएको पीसीआर परिक्षणमा २३ जनामा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ। जिल्लामा कोरोना संक्रमण पुष्टी भएका ३ जना भने काठमाण्डौमा नै उपचार गराइरहेका छन। रामेछाप घर भइ जिल्ला वाहिर बसोबास गर्ने १० जनामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो।

जिल्ला भित्रै संक्रमित हुने मध्ये ११ जना गोकुलगंगा गाउपालिका, १० जना लिखु तामकोशी गाउपालिका र २ जना मन्थली नगरपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ।