युवाले रोपे सडकमा धान

बटुकनाथ झा, जनकपुरधाम।
असार मसान्त सम्पन्न भए पछि पनि सडक मर्मतको काम नहुँदा हिलोमा हिड्न बाध्य भएको भन्दै धनुषा हंसपुर नगरपालिकाका युवाहरुले सडकमै धान रोपेर विरोध जनाएका छन्।

जिल्लको हंसपुर नगरपालिका–८ स्थित भतहि सडकखण्ड वर्षातको समयमा हिलाम्य भएका कारण आवतजावतमा समस्या उत्पन्न भएपछि विरोध स्वरूप स्थानीयवासीले सडकमै धान रोपेका छन्।

भतहिस्थित हिलाम्य सडकमा उनीहरूले धान रोपेर विरोध जनाएका हुन्। सडक हिलाम्य भएर आवागमनमा सास्ती हुँदा समेत जनप्रतिनिधिले बाटो मर्मतमा कुनै चासो नदेखाएपछि सांकेतिक विरोध स्वरूप हिलाम्य बाटोमै धान रोपेको स्थानीयले बताए।

अन्य सम्बन्धित समाचार:  नेपाल–बङ्गलादेश युवा सम्मेलन शनिबार