तलब माग्दै धर्ना

महेन्द्रनगर।
बुधबार कञ्चनपुरमा निजी  विद्यालयका शिक्षक कर्मचारीहरुले असारसम्मको तलब पाउनु पर्ने  लगायतका सविभिन्न माग राख्दै शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिएका छन्। धर्नामा बसेका शिक्षक कर्मचारीले असार महिनासम्मको तलब दिनु पर्ने, शिक्षक कर्मचारीको निष्कासन बन्द गरिनु पर्ने र सेवा सुविधा कटौती हुन नपर्ने माग अघि सारेका छन्।

संस्थागत विद्यालय शिक्षक युनियनको अगुवाईमा शिक्षकहरुले धर्ना दिएका हुन्। संस्थागत युनियनका अध्यक्ष धनञ्जय जोशीले धेरै विद्यालयहरुले लकडाउनका कारण देखाएर शिक्षक कर्मचारीलाई तलब नदिने, जागिरबाट निकाल्ने लगायतका कार्य गरिरहेकाले त्यस विरुद्ध धर्ना दिइएको बताए।

‘लकडाउनलाई कारण देखाएर धेरै विद्यालयले तलब दिएका छैनन्, शिक्षक कर्मचारीलाई निष्कासन गरिएको छ,’ उनले भने,‘यस विरुद्ध आज धर्ना दिइएको छ, सबै शिक्षक कर्मचारीको सेवा सुविधामा केही पनि कटौती नहोस, यथावत रहोस भन्ने माग हो।’

अन्य सम्बन्धित समाचार:  टमाटरका यी ५ फाइदा, थाहा पाएर तपाईं अचम्म पर्नुहुन्छ 

युनियनले निजी विद्यालयका संगठन प्याब्सन र एन प्याब्सनमा समेत मागपत्र बुझाएको सचिव चन्द्र सिह धामीले बताए । ‘माग पूरा गराउन सबै ठाउँमा पुगेका छौ, यसलाई निरन्तरता दिन्छौ’ उनले भने।