प्रदेश २ मा थप ३१ जना कोरोना संक्रमित

बटुकनाथ झा, जनकपुरधाम।

प्रदेश नम्बर २ मा थप ३१ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ। संक्रमितको संख्या हेर्ने हो भने सप्तरी उच्च स्थानमा रहेको छ। यस जिल्लामा १६ मा संक्रमण पाईएको छ। त्यसैगरि पर्सामा ६ जना, धनुषामा ५ जना, बारामा ३ जना र महोत्तरीमा १ जना व्यक्ति संक्रमित भएका छन्।

योसँगै प्रदेश २ मा जम्मा संक्रमितको संख्या ४ हजार २ सय ९५ पुगेको छ। संक्रमितमध्ये ३ हजार ९ सय ७५ पुरुष र ३ सय २० जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए।

सप्तरीमा संक्रमण पुष्टी भएकाहरु सप्तकोशी नगरपालिका वडा नम्बर–१ र ४ का ३४ र ४४ बर्षिय दुईजना पुरुष, अग्नीसाईर कृष्णसवरण गाउँपालिका वडा नम्बर–१ का उमेर खुल्न नसकेको एक पुरुष र राजविराज नगरपालिका वडा नम्बर–२, ३, ६ र ७ का १५ देखि ४० बर्ष उमेर समुहका ६ जना महिला र २३ देखि ६३ बर्ष उमेर समुहका ७ जना पुरुष रहेका छन्।

त्यस्तै पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ जेलरोडका ३५, ४७ र ५६ बर्षिय ३ जना पुरुष, नारायणी अस्पताल वीरगञ्जमा कार्यरत ३५ बर्षिय एकजना सफाइ कर्मचारी, सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ३ का ३१ बर्षिय एक पुरुष र पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर–५ का ५५ बर्षिय एक पुरुष संक्रमित भएका छन्।

धनुषाको मिथिला नगरपालिका वडा नम्बर–२ का २३, २९ र ३२ बर्षिय ३ जना पुरुष, औरही गाउँपालिका वडा नम्बर १ का ३४ बर्षिय एक पुरुष र विदेह नगरपालिका वडा नम्बर(४ का ७५ बर्षिय एक बृद्ध समेत संक्रमित भएका छन्।

बाराको परसौनी गाउँपालिका वडा नम्बर–४ का ३० बर्षिय एक पुरुष, सिमरौनगढ नगरपालीका वडा नम्बर ८ का २९ बर्षिय एक पुरुष र परवानीपुर गाउँपालिका वडा नम्बर ५ का २२ बर्षिय एक पुरुष संक्रमित भएका छन् भने महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर–३ का ६० बर्षिय एक पुरुष समेत संक्रमित भएका छन्।

अन्य सम्बन्धित समाचार:  देशभर थप १२० जनामा कोरोना संक्रमण पुष्टि

प्रदेशभरीमा बुधबारसम्म सप्तरीमा ६ हजार ६०, सिरहामा ३ हजार ७ सय ६६, धनुषामा ५ हजार १ सय ८२, महोत्तरीमा ३ हजार ७ सय ८०, सर्लाहीमा ६ हजार ३२, रौतहटमा १४ हजार ९ सय ७, बारामा ४ हजार ५ सय ५३ र पर्सामा ७ हजार ९ सय ६२ जना गरि कुल ५२ हजार २ सय ४२ जनाको स्वाब परिक्षण गरिएकोमा ४ हजार २ सय ९५ जना संक्रमित भएका छन् भने ४५ हजार ९ सय ८२ जनाको रिपोर्ट नेगेटिभ आएको छ।

त्यस्तै सप्तरीमा ३ सय १४, सिरहामा ३ सय ८७, धनुषामा १ सय ४०, महोत्तरीमा २ सय ९४, सर्लाहीमा १ सय ३३, रौतहटमा ४ सय ७१, बारामा १ सय १० र पर्सामा १ सय १६ जना गरि कुल १ हजार ९ सय ६५ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

यस प्रदेशमा आज मात्रै सप्तरीमा १ सय ५१, सिरहामा १ सय ३०, धनुषामा ९६, महोत्तरीमा १ सय, बारामा ५० र पर्सामा १ सय ८ जना गरि ६ सय ३५ जनाको स्वाब संकलन गरिएको छ भने सप्तरीमा १०, महोत्तरीमा २९ र पर्सामा १ सय ४० गरि जम्मा १ सय ७९ जनाको आरडिटी परिक्षण गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए।

आरडिटी तर्फ अहिलेसम्म २६ हजार ६३ जनाको परीक्षण गरिएकोमा सप्तरीमा ६२, सिरहामा २ सय ३९, धनुषामा १ सय ६६, महोत्तरीमा ५ सय ४, सर्लाहीमा ६, रौतहटमा १ सय २६, बारामा ४५ र पर्सामा २३ जना गरि कुल १ हजार १ सय ७१ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने २४ हजार ८ सय ९२ जनाको रिपोर्ट नेगेटिभ आएको झाले बताए।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले भोलि कोरोना खोप लगाउने

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको २३ हजार ६ सय ७७ बेड क्षमताको ३ सय ७६ वटा क्वारेन्टाइनमा अहिले २ हजार ६ सय ५४ जनालाई राखिएको छ भने ६ हजार ३ सय ३ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ।

प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको २ हजार २ सय ३३ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा ८४, सिरहामा २४, धनुषामा १ सय १२, महोत्तरीमा ११, सर्लाहीमा ६४, रौतहटमा ७७, बारामा ५१ र पर्सामा २९ जना गरि ४ सय ५२ जना बिरामीलाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए।

प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार २ सय ५४ जनाको रिपोर्ट पोजेटिभ आएको छ। त्यस्तै महोत्तरीमा ७ सय ५२, सर्लाहीमा ७ सय ७, धनुषामा ६ सय १९, सप्तरीमा ४ सय २, सिरहामा २ सय ७, पर्सामा १ सय ८८ र बारामा १ सय ६६ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा धनुषाका १० जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन्। योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका ३ सय १०, सिरहाका १ सय ५४, धनुषाका ४ सय ५८, महोत्तरीका ३ सय ३७, सर्लाहीका ६ सय २१, रौतहटका ६ सय ७०, बाराका १ सय १६ र पर्साका १ सय ७७ जना गरि २ हजार ८ सय ४३ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेका छन्। प्रदेश २ मा हालसम्म रौतहट, बारा, पर्सा र सप्तरीका १–१ जना गरि ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ।