कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी

Latest Nepali News, Politics, Videos, Entertainment & Sports

काठमाडौं। कक्षा १२ को परीक्षा असोजमा गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ। सरकारले १ भदौदेखि परीक्षा सञ्चालन अनुमति दिएसँगै बोर्डले तयारी अगाडि बढाएको हो। बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले असोज १५ गतेभित्र परीक्षा सम्पन्न गर्ने योजना रहेको जानकारी दिए। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति दिएपछि परीक्षाको तयारीलाई तीव्रता दिने बोर्डले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  टमाटरका यी ५ फाइदा, थाहा पाएर तपाईं अचम्म पर्नुहुन्छ