झोलुङ्गे पुलबाट हामफालेर आत्महत्या

Latest Nepali News, Politics, Videos, Entertainment & Sports

रामेछाप।

रामेछाप र दोलखाको सिमाना भएर बग्ने खिम्ति खोलाको झोलुङ्गे पुलबाट हाम फालेर एक व्यक्तिेल आत्महत्या गरेका छन्। आत्महत्या गर्नेमा दोलखा जिल्लाको जीरी नगरपालिका २ बस्ने ६० बर्षिय लाल बहादुर बस्नेतको रहेको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार बस्नेतले पुलबाट हामफालेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनको जानकारी पाउनासाथ दोलखाको जिरी र रामेछापको ठोसेबाट गएको टोलीले खोजी गर्दा पुलभन्दा २ किलोमिटर तल खिम्ति खोलाको भंगालोमा तैरिरहेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। खोलाबाट लास निकाल्ने काम भइरहको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  जिपको ठक्करबाट किशोरीको मृत्यु