यी हुन् नेपालमा कोरोना भाइरसबाट ज्यान गुमाउने ४२ जना

काठमाडौँ। विश्वभर कोरोना भाइरसको महामारी फैलिदै गएको छ। कोरोनाबाट ज्यान गुमाउनको संख्या पनि दिनहुँ बढ्दो छ। नेपालले पनि यस महामारीबाट मुक्ति पाउन सकेको छैन। यहाँ पनि कोरोना संक्रमितको संख्या बढ्दै जानुको साथै यसबाट ज्यान गुमाउनेको संख्या पनि बढिरहेकै छ।

बुधबार एकै दिन कोरोनाबाट दुई जनाले ज्यान गुमाएका छन्। पहिलो पटक नेपालमा कोरोनाबाट विदेशी नागरिकको ज्यान गएको छ। चिनियाँ महिलाको बुधबार काठमाडौंमा मृत्यु भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोनाबाट ३४ पुरुष, ७ महिला र १ शिशुको ज्यान गएको छ।

यी हुन कोरोनाबाट ज्यान गुमाउने ४२ जना

१) जेठ २ गतेः सिन्धुपाल्चोकको राम्चेकी २९ वर्षीया महिला
२) जेठ ४ गतेः बाँकेको नरैनापुरका २५ वर्षीय युवक
३) जेठ ५ गतेः गुल्मीका ४१ वर्षीय पुरुष
४) जेठ १२ गतेः बाराका ७० वर्षीय वृद्ध
५) जेठ १४ गतेः ललितपुरको बुङमतीका ५६ वर्षीय पुरुष
६) जेठ १६ गतेः अर्घाखाँचीको भुमिकास्थानका ३५ वर्षीय पुरुष
७) जेठ १७ गतेः दैलेखको दुल्लु नगरपालिका खागितडाका ३५ वर्षीय पुरुष
८) जेठ १८ गतेः बाजुराको बुढीगंगा नगरपालिका धुरालसैनकी २ वर्षीया बालिका
९) जेठ २१ गतेः दोलखाका ७६ वर्षीय वृद्ध
१०) जेठ २२ गतेः पाल्पाको सिलुवाखोलाका ४५ वर्षीय पुरुष
११) जेठ २३ गतेः सुर्खेतको पञ्चपुरी नगरपालिका–१ हाँसेका २० वर्षीय युवक
१२) जेठ २४ गतेः डोल्पाका ५८ वर्षीय पुरुष
१३) जेठ २४ गतेः कैलालीकी ५५ वर्षीया महिला
१४) जेठ २६ गतेः स्याङ्जाको वालिङका ५८ वर्षीय पुरुष
१५) जेठ २७ गतेः चितवनको भरतपुर महानगरपालिका–११ का पुरुष
१६) जेठ २८ गतेः अर्घाखाँचीको मालारानीका ५७ वर्षीय पुरुष
१७) जेठ ३० गतेः पर्साको वीरगञ्ज महानगरपालिकाका २५ वर्षीय युवक
१८) जेठ ३० गतेः बाराको निजगढ नगरपालिका–६ योजनाटोलका ५ वर्षीय बालक
१९) जेठ ३१ गतेः गुल्मीको रेसुङ्गाका ३६ वर्षीय पुरुष
२०) असार ३ गतेः बाँकेको बैजनाथ गाउँपालिका–६ की ४६ वर्षीया महिला
२१) असार ३ गतेः कैलालीको गोदावरी नगरपालिकाका ४६ वर्षीय पुरुष
२२) असार ३ गतेः कैलालीको लम्किचुहाकी ४३ वर्षीया महिला
२३) असार ५ गतेः गुल्मीको छत्रकोट गाउँपालिका–५ महेन्द्रनाडाका ६९ वर्षीय वृद्ध
२४) असार ८ गतेः दैलेखको दुल्लु नगरपालिका–३ का ४५ वर्षीय पुरुष
२५) असार १० गतेः स्याङ्जाको आँधीखोलाका ५६ वर्षीय पुरुष
२६) असार ११ गतेः ललितपुरको महालक्ष्मी नगरपालिका–५ का पुरुष
२७) असार १२ गतेः दाङकी ३० वर्षीया महिला
२८) असार १३ गतेः कैलालीको गोदावरी नगरपालिका–७ का ५० वर्षीय पुरुष
२९) असार १४ गतेः रौतहटका ३० वर्षीय पुरुष
३०) असार १६ गतेः अछाम रामारोशनका ४५ वर्षीय पुरुष
३१) असार १७ गतेः म्याग्दीको धौगागिरि नगरपालिका–४ का ४९ दिनका शिशु
३२) असार १७ गतेः काठमाडौं नयाँ बानेश्वरका ८५ वर्षीय वृद्ध
३३) असार १७ गतेः रुपन्देहीको देवदहका ७५ वर्षीय वृद्ध
३४) असार २० गतेः गोरखाको पालुङटारका ४४ वर्षीय पुरुष
३५) असार २१ गतेः बाग्लुङको नसिखोलाका २९ वर्षीय पुरुष
३६) असार २५ गतेः सिन्धुपाल्चोकको पाँचपोखरी–६ का ४५ वर्षीय पुरुष
३७) असार २५ गतेः काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ का ५४ वर्षीय पुरुष ।
३८) असार २६ गतेः काठमाडौं महानगरपालिका–१० शंखमुलका ६० वर्षीय पुरुष
३९) असार ३१ गतेः रौतहटको परुवाका ३६ वर्षीय पुरुष
४०) साउन १ गतेः सप्तरीको राजविराज नगरपालिका–१ का ७३ वर्षीय वृद्ध
४१) साउन ७ गतेः ४९ वर्षीया चिनियाँ महिला
४२) साउन ७ गतेः धनुषाको जनकपुर उपमहानगरपालिकाका ६० वर्षीय पुरुष

अन्य सम्बन्धित समाचार:  विप्लव र सरकारबीचको सहमतिपत्र सार्वजनिक गर्ने कार्यक्रम सुरु