काठमाडौं। नेपाल ओलम्पिक कमिटी (एनओसी)ले उपाध्यक्ष चतुरानन्द राजवैद्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको छ। अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष समेत रहेका राजवैद्यलाई एनओसीले कार्यकारी निर्देशक नियुक्त गरेको हो। एनओसीमा कार्यकारी निर्देशक हुने राजवैद्य पहिलो हुन्।
एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र कोषाध्यक्ष रतन टन्डनले राजवैद्यलाई नियुक्ति पत्र हस्तान्तरण गरे। राजवैद्य टेवल टेनिसका च्याम्पियन हुन्। राजवैद्य २०६३ सालदेखि टेवल टेनिस संघका अध्यक्षका रुपमा काम गर्दै आएका छन्।