निर्मला हत्याकाण्ड : प्रहरी प्रमुख क्षेत्रीले सक्रियता बढाए

 

काठमाडौँ। नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रमुख भए लगत्तै निर्मला पन्त हत्या प्रकरणबारे चासो लिएका छन्। बलत्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मलाको हत्यारा पत्ता लगाइ छाड्ने क्षेत्रीले बताएका छन्। २०७५ साउन १० गते कञ्चनपुरको बागफाटामा निर्मलाको बलत्कारपछि हत्या गरिएको थियो।

यस बीचमा नेपाल प्रहरीमा तीन जनाले प्रहरी प्रमुखका रुपमा नेतृत्व गरिसकेका छन्। सर्वेन्द्र खनाल र ठाकुरप्रसाद ज्ञवालीको कार्यकाल त्यसै सकियो। उनीहरुले बाचा गरे पनि निर्मलाका हत्यरा पत्ता लगाउन सकेनन्। अनुसन्धानलाई टुंगोमा पुर्‍याउन सकेनन्। अहिले प्रहरी प्रमुख शैलेश थापा क्षेत्री बनेका छन्। उनले प्रहरी संगठनका उच्च अधिकृतहरुसित निर्मलाका हत्यारा जसरी पनि पत्ता लगाउने र आफ्नो यस अभियानमा सहयोग गर्न आग्रह गरेको श्रोतले बतायो।

अन्य सम्बन्धित समाचार:  नेपाललाई आत्मनिर्भर, स्वाधीन र सुन्दर देश बनाउने सपना छः विप्लव

क्षेत्रीले आ–आफ्नो ठाउँबाट सक्रियता देखाउन निर्देशन दिएका छन्। निर्मला हत्याकाण्डबारे उनले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख डीआईजी सहकुल थापा र सीआईबीका पूर्व प्रमुख रहेका डीआईजी निरज शाहीसँग छलफल गरेका छन्। प्रहरीको छविसँग जोडिएकाले निर्मलाका हत्यारा चाँडोभन्दा चाँडो पत्ता लगाउन उनले निर्देशन दिएका छन्। उक्त घटनामा लापरबाही गरेको तथा अनुसन्धानमा चासो नदेखाएको भन्दै प्रहरीको आलोचना हुँदै आएको छ।