लकडाउनमा आत्महत्या बढ्यो

चार महिनाको अवधिमा ३९ पुरुष र ३३ महिलाद्वारा आत्महत्या
चैत महिनादेखि ३२ जनाले आत्महत्या गरे
रामेछापमा जवरजस्ती करणी र आत्महत्या बढदो
विगतका बर्षहरुको तुलनामा रामेछापमा यस आर्थिक बर्षमा जवरजस्ती करणी र आत्महत्याको घटना बढेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा आर्थिक बर्ष २०७६÷०७७ को वार्षिक प्रगति सार्वजनिक गर्दै जिल्लामा विगतका बर्षहरुको अनुपातमा हेर्दा जवरजस्ती करणी र आत्महत्याका घटना बढदै गएको जनाएको छ।
विषसेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्यामा वृद्धि
विषसेवन र झुण्डिएर आत्महत्या गर्नेको विगतका २ बर्षको संख्यालाई हेर्दा यस आर्थिक बर्षमा भने बढेको जिल्ला प्रहरी कार्यलय रामेछापका प्रमुख प्रहरी नायव उपरिक्षक बसन्त पाठकले बताए। उनले जवजरस्ती करणी र जवरजस्ती करणी उद्योगका मुद्धा समेत
बढाएको बताए।
जिल्ला प्रहरी कार्यालय रामेछापले सार्वजनिक गरेको प्रगति प्रतिबेदन अनुसार आर्थिक बर्ष २०७४÷०७५ मा आत्महत्याका ४८ र जवरजस्ती करणी र करणी उद्योगका ११ वटा र आर्थिक बर्ष २०७५÷०७६ मा आत्महत्याका ४२ र जवरजस्ती करणी र करणी उद्योगका ६ वटा मुद्धा दर्ता भएको देखिन्छ।
आर्थिक बर्ष २०७६÷०७७ मा दुबै सख्या बढको छ। यस आवमा आत्महत्याका ५० र जवरजस्ती करणी र करणी उद्योगका १७ वटा मुद्धा दर्ता जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
विभिन्न कसुरका १ सय ९९ सय मुद्धा मध्ये ८४ वटा मुद्धा फर्छौट
जिल्ला प्रहरी कार्यालय रामेछापले आर्थिक बर्ष २०७६÷०७७ मा विभिन्न कसुरका १ सय ९९ सय मुद्धा मध्ये ८४ वटा मुद्धा फर्छौट गरेको र १ सय १५ मुद्धा फर्छौट गर्न वाँकी रहेको जनाएको छ। मान्छे हराए भने पर्ने उजुरीहरु समेत अघिल्ला बर्षका तुलनामा बढेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
आर्थिक बर्ष २०७६÷०७७ मा संचालन गरिएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न स्थानहरुमा गरी २ सय ३ वटा कार्यक्रम संचालनले गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। जिल्ला प्रहरी कार्यालयमा ठाडो निवेदन पर्ने क्रम पनि बाक्लै रहेको प्रहरी प्रमुख बसन्त पाठकले बताए।
गाँउमा रहेका न्यायिक समतिमा राजनीति हुन्छ भन्दै प्रहरी भनेका कर्मचारी हुन उनीहरुले न्याय दिन्छन भन्ने आशाले अझै पनि न्यायिक समितिहरुमा जाने प्रकृतिका निवेदन समेत प्रहरीकोमा आउने गरेको पाठकले बताए।
अन्य सम्बन्धित समाचार:  भागरथी भट्ट हत्या प्रकरणः दिनेशको डिएनए काठमाडौं पठाइयो