बाजुरामा २० वेडको आईसोलेशन केन्द्र संचालनमा

मदन वि.क.,बाजुरा।

जिल्ला सदरमुकाम मार्तडीमा २० बेडकोे आईसोलेशन केन्द्र संचालनमा आएको छ। बडीमालिका नगरपालीकाले कोभिड(१९ बाट प्रभावितहरुको उपचार तथा व्यवस्थापनका लागि भन्दै मार्तडीमा २० बेड सहितको आईसोलेशन केन्द्र संचालनमा ल्याएको हो।

बडीमालिका नगरपालिकाको समन्वय र आईएनएफ नेपाल बाजुरा शाखाको सहयोगमा सोही नगरपालिकाकै वडा नं. ८ मा रहेको एक स्थानीयको घरलाई भाडामा लिएर २० वेडको आईसोलेशन केन्द्र बिहीबारबाट संचालनमा ल्याएको नगरपालीकाका नगरप्रमुख पदम बडुवालले बताएका छन्।
अन्य सम्बन्धित समाचार:  देशभर थप ६६ जनामा कोरोना संक्रमण पुष्टि