काठमाडौं। पत्नी हत्याको अभियोगमा थुनामा रहेका पूर्वडिआईजी रञ्जन कोइरालालाई सर्वोच्चले थुनामुक्त गरेपछि महान्यायाधिवक्ताको कार्यालय पुनरावेदन अदालत जाने भएको छ। फैसला पुनरावलोकनको माग गर्दै पुनरावेदन अदालतमा निवेदन दिने निर्णयमा कानून व्यवसायीहरुले समेत साथ दिएका छन्।
यसअघि सर्वाेच्चको फैसलाले पत्नी हत्याको अभियोगमा ८ वर्ष जेल बसेका कोइरालालाई विहीबार रिहा गरेको हो। उनलाई रिह गर्ने आदेशसंग कानून व्यवसायीले यस खाले अभ्यासले गलत नजिर स्थापना हुने भन्दै असंन्तुष्टि व्यक्त गर्दै आएका थिए।
प्रधान न्यायाधीश चालेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले सशस्त्र प्रहरीका पूर्वडीआईजी कोइरालालाई यसअघिको सर्वस्वसहित जन्मकैदको फैसला उल्ट्याई आठ वर्ष सजाय कायम गरेको थियो। सोही फैसलाका आधारमा कोइराला बिहीबार नै रिहा भएका हुन्। सर्वोच्च अदालतको फैसला चित्त नबुझे पुनरावलोकनमा जाने व्यवस्था छ।
कोइरालामाथि पत्नी गीता ढकालको हत्या गरि आफ्नै चालकलाई प्रयोग गरि बोरामा शव राखेर मकवानपुरको टिस्टुङमा लगेर डढाएको आरोपमा डिल्लीबजारमा रहेको चारखाल कारागारमा थुनामा रहेका थिए।