काठमाडौँ उपत्यकामा ९ सहित थप १४७ कोरोना संक्रमित थपिए

काठमाडौँ। नेपालमा बिहीबार थप १ सय ४७ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हासम्म कुल संक्रमित हुनेको संख्या १८ हजार २४१ पुगेको छ।

यस्तै सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको छ। कोरोना संक्रमणबाट वीरगञ्जमा थप एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यस्तै काठमाडौंमा ५, ललितपुर र भक्तपुरमा २र२ जना र अरु बाहिर जिल्लाका व्यक्तिहरुमा कोरोना पुष्टि भएको छ।

अन्य सम्बन्धित समाचार:  रुसमा एकैदिनमा साढे ११ हजार कोरोना सङ्क्रमित