कनकाईको बाँध फुट्दा सयौं घर विस्थापित



 

झापा । केही दिनदेखिको अविरल बर्षाका कारण कनकाई नदीको बाँध फुटेर गाउँ पस्दा झापा गाउँपालिकाका सयौं घर विस्थापित भएका छन्। झापासहित पूर्वी पहाडी जिल्लामा वर्षा हुदाँ कनकाई नदीमा बाढी आएको हो। बाढीका कारण एक सय ३ परिवार विस्थापित भएका छन्। झापा गाउँपालिकाको वडा नम्बर १ मिलनबस्तीका ८३ र वडा नम्बर २ सडकबारीका २० परिवार विस्थापित भएका हुन्।

कनकाई नदीमा आएको बाढी बस्ती पस्दा ठुलो क्षति पुगको गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले जानकारी दिए। बाढीबाट विस्थापितहरुलाई स्थानीय सितुमारी प्रावि र लक्ष्मी प्राविमा राखिएको अध्यक्ष शाहले बताए।

कनकाई माइको भेल घरघरमा पसेपछि दुवै वस्तीका मानिसहरुलाई मालसामान र चौपायासहित विद्यालयमा ल्याएर राखिएको अध्यक्ष शाहको भनाई छ। वाढीबाट विस्थापित भएकालाई सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटीका पदाधिकारी, स्थानीय जनप्रतिनिधि लगायतले उद्धार गरेका थिए।

अन्य सम्बन्धित समाचार:  जनैमा के छ?

मंगलबार भने दिउँसो पानी पर्न केही कम भउकाले नदीमा पानीको बहाव कम भएको बताइएको छ। यसैबीच जलतथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार राती प्रदेश-१ मा धेरै स्थानमा भारी वर्षा हुने चेतावनी दिएकाले नदीकिनारमा बस्ती भएका स्थानमा सचेत रहन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।