नारायणगढ–मुग्लिङ सडकखण्ड पुनः अवरुद्ध

चितवन। नारायणगढ–मुग्लिङ सडकखण्ड बिहीबार रातिदेखि फेरी अवरुद्ध भएको छ। उक्त सडकखण्डको चार किलोमा पहिरो खसेपछि सडक पुनः अवरुद्ध बनेको हो। राति इच्छाकामना गाउँपालिका–६ स्थित चार किलोमा पहाडको ढिस्को नै खसेको थियो।

ढिस्कोले सडक पुरिएपछि रातिदेखि नै आवागमन ठप्प छ। सयौँ यात्रुहरु बाटोमै अलपत्र परेका छन्। वर्षा जारी रहेकाले पहिरो पन्छाउन कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले बताए। एक सातादेखि झरी पर्दै आएकाले सो सडकखण्ड पटक पटक अवरुद्ध हुँदै आएको छ। सडक भरपर्दो नहुँदा यात्रु वैकल्पिक सडक प्रयोग गर्न बाध्य छन्।

अन्य सम्बन्धित समाचार:  बाबुरामको ट्विटमा रिप्लाइ गर्दैै कमल थापाले भनेः तपाईंलाई नै प्रधानमन्त्री बनाउने मेरो प्रस्ताव हो