सीतापाइलामा युवतीलाई एसिड छयाप्नेहरु पक्राउ

 

काठमाडौँ। सीतापाइलामा बिहीबार राति युवतीलाई एसिड छयाप्नेहरु पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले एसिड छयाप्ने दुई जनालाई डल्लुबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुरका मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मद रहेका छन्। उनीहरु दुवै जना डल्लुमा बस्दै आएका थिए। उनीहरु कालीगढको काम गर्दैआएका थिए। दुवै जनालाई राति ११ बजे पक्राउ गरिएको प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले बताए।

बिहीबार साँझ डेराबाट दही किन्न निस्किएकी ओखलढुंगाकी घर भएकी एक युवतीलाई आलम र मुन्नाले एसिड प्रहार गरेका थिए। सीसीटीभी क्यामेराको सहयोगमा प्रहरी दुवै जनालाई पक्राउ गर्न सफल भएको हो।

अन्य सम्बन्धित समाचार:  डा. गोविन्द केसीको अनसन स्थगित