पर्सा। पर्सामा ५ थुनुवासहित ३२ जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा राखिएका ५ जना कोरोना भाइरसबाट संक्रमित भएका हुन्। उनीहरु संक्रमित भएको नारायणी अस्पतालले जनाएको छ।
पाँचै जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ। संक्रमित ५ जनामध्ये चार भारतीय नागरिक हुन्। नारायणी अस्पतालमा पीसीआर परीक्षण गर्दा पर्साका अन्य २७ जनाको पनि पीसीआर रिपोर्ट पोजेटिभ आएको छ। संक्रमितको गण्डक कोभिड अस्पतालमा उपचार गरिने सो अस्पतालका निर्देशक उदयनारायण सिंहले बताए।
यसैबीच नारायणी अस्पतालका एक सरसफाइ कर्मचारीमा समेत कोरोना देखिएको छ।