युवक कुटपिटबारे सेनाले छानविन थाल्यो

चितवन। चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सेनाको कुटपिटबाट युवकको मृत्यु भएको विषयमा नेपाली सेनाले छानविन थालेको छ। नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त घटनाबारे आन्तरिक छानविन थालेको जनाएको हो।

अधिकार प्राप्त सरकारी निकायले थालेको छानविनमा सेनाले पूर्ण सहयोग गर्ने विज्ञप्तिमा उल्लेख छ। नेपाली सेना, सरकारको कार्यादेश अनुसार जिम्मेवारीपूर्ण ढंगले प्रकृति संरक्षण कार्य सम्पादन गर्न प्रतिवद्ध रहेको सेनाले जनाएको छ। बिहीबार भरतपुर अस्पतालमा राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङको सेनाको कुटपिटबाट मृत्यु भएको उनको परिवारले आरोप लगाएको थियो।

राजकुमारका बुबा विष्णुलालले घटनाको छानविन गर्न तथा दोषीलाई कारवाही गर्न माग गरेका छन्।

अन्य सम्बन्धित समाचार:  दीप बस्न्यातले आफै हटाए सर्वोच्चमा सुनुवाइको पेसी