आईपीएल सेप्टेम्बर १९ देखि

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल) आगामी सेप्टेम्बर १९ तारिखदेखि यूएईमा हुने भएको छ। टी–२० विश्वकप र एसिया कप स्थगन भएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)लाई आईपीएल गर्न बाटो खुलेको हो।

कोरोना महामारीका कारण आईपीएल घरेलु मैदानमा गर्न कठिन भएपछि बीसीसीआईले यूएईमा गर्ने निर्णय गरेको हो। सेप्टेम्बर १९ मा उद्घाटन हुने आईपीएल नोभेम्बर ८ मा सम्पन्न हुने छ। आईपीएलअन्तर्गत ६० वटा खेल खेलाइने छन्। एउटा टिमले १४ खेल खेल्ने छ। आईपीएल खेल्ने सबै टिमका खेलाडीहरु अगस्त २० मा युएई पुगिसक्नु पर्नेछ।

अर्को हप्ता आईपीएलको गभर्निङ काउन्सिलको बैठकमा आईपीएलको तालिका र थप आवश्यक निर्णय लिईने बताइएको छ।

अन्य सम्बन्धित समाचार:  ओली पक्षको नेकपा संसदीय दलको बैठक बस्दै