गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं। पोखरास्थित क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाइरस (कोभिड-१९)का संक्रमण पुष्टि भएको छ। कास्की, लमजुङ, बागलुङ र तनहुँका गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिका ३ जना पुरुष र अन्नपूर्ण गाउँपालिका एक महिला र एक पुरुष रहेका छन्। लमजुङको कोल्हसोथारर, बेशीसहर र मध्यनेपालका एक/एकजना पुरुष रहेका छन् भने तनहुँको शुक्लागण्डकी र बागलुङको तमानखोलाका एक/एक पुरुष रहेका छन्। यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १३६० पुगेको छ ।

अन्य सम्बन्धित समाचार:  देशभर थप ७८ जनामा कोरोना संक्रमण पुष्टि