वीरगन्ज। वीरगञ्जमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। नारायणी अस्थायी कोरोना अस्पतालमा भर्ना भइ उपचार गराइरहेकी वीरगन्ज महानगरपालिका– ११ निवासी ८५ वर्षीया महिलाको मृत्यु भएको हो।
उनी मुटु रोगी भएको र हाल निमोनियाको उपचार गराउन अस्पताल आएको अस्पताल स्रोतले जनाएको छ।