सुदूरपश्चिममा थप ८ जनामा कोरोना पुष्टि

डडेल्धुरा। सुदूरपश्चिममा थप ८ जनामा कोरोना पुष्टि भएको छ। शुक्रबार धनगढी प्रयोगशालामा गरिएको परिक्षणमा थप ८ जनामा कोरोना पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा गरिएको १४९ जनाको परिक्षणमा ८ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।

सूचना अधिकारी श्रेष्ठका अनुसार कोरोना संक्रमित भेटिनेमा कैलालीको टीकापुर नगरपालिकाका ६ जना र जानकी गाउँपालिका १ महिला र १ पुरुष गरि २ जना रहेका छन्।

योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार १ सय ८५ पुगेको छ। संक्रमण पुष्टि भएका २ हजार २ सय ८० जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भईसकेको छ।

अन्य सम्बन्धित समाचार:  विप्लव पक्षसँग वार्ता भएको छिट्टै टिभीमा देख्नुहुनेछः प्रधानमन्त्री ओली