टुटलको सेवा शुरु

काठमाडौं। लकडाउन भएदेखि नै बन्द रहेको टुटलले सेवा शुरु गरेको छ्। बढ्दो महामारीलाई मध्य नजर गर्दै बन्द रहेका राइड सेयरिङ सेवाहरु नियमित हुन थालेका छन्। सरकारले लकडाउन अन्त्य गरेसँगै राइडिङ सेयर गर्ने एपमार्फत सेवा थालनी भएको हो।
नेपाली राइडिङ सेयर गर्ने कम्पनी टुटलले राइडरसँग कमिसन नलिने गरी सेवा थालेको छ। राइडरले पञ्जा, मास्क, चस्मा र सेनिटाइजर प्रयोग गर्नुपर्ने मापदण्ड तयार गरेर सेवा सुरु गरेको कम्पनीले जनाएको छ। केही समयभित्रै ट्याक्सीमार्फत पनि टुटलले सेवा दिने भएको छ।

अन्य सम्बन्धित समाचार:  सुत्केरीको मृत्युः अस्पतालमा आकस्मिक बाहेकको सेवा बन्द