काठमाडौं।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौं उपत्यकामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएका छन्। यस्तै मन्त्रालयका अनुसार शुक्रबार थप १३३ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १८ हजार ३७४ पुगेको हो। बुधबार १०० जना र बिहीबार १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।