मेलम्ची घटनाप्रति जनप्रतिनिधिहरूले गराए सरकारको ध्यानाकर्षण


देवराज सुवेदी, सिन्धुपाल्चोक।

मेलम्ची खानेपानी आयोजनामा भएको घटनाको बारेमा प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। शुक्रबार बसेको बैठकले घटनाबारे वास्तविकता बाहिर ल्याउन सरकारसँग माग गरेका हुन्। आगामी दिनमा यस खाले घटना नघट्ने गरि काम गर्न आयोजनालाई निर्देशन दिएको मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य चन्द्रबहादुर थापाले जानकारी दिए।

छलफलमा पूर्वमन्त्री शेरबहादुर तामाङ, पुर्व मन्त्री डा लार्केल लामा प्रदेशसभा सदस्य निमा लामा, इन्द्रमाया गुरुङ, मेलम्ची नगर प्रमुख डम्बर अर्याल, उपप्रमुख भगवती नेपाल लगायतको जनप्रतिनिधिको उपस्थिति रहेको थियो।

खानेपानी विकास बोर्डका सदस्य, चन्द्र थापा, मन्त्रालयद्वारा गठित अध्ययन कार्यदलका संयोजक एवम् खानेपानी मन्त्रालयका सहसंयोजक रमाकान्त दवाडी एवम् मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्री लगाएतको उपस्थिति रहेको थियो। मेलम्ची खानेपानी आयोजनाको पानी परीक्षणको क्रममा ड्याम फ्टदा एकजनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्। अरु २ जनाको काठमाडौंमा उपचार भइरहेको छ। 

अन्य सम्बन्धित समाचार:  ट्रकको ठक्करबाट सफारी चालकको ज्यान गयो