झापा।
झापाको भारतीय सीमावर्ती नाका काँकरभिट्टा क्षेत्रमा खटिएका १८ शसस्त्र प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। अन्य थप ७ जनामा समेत कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईँका अनुसार थपिएका मध्ये शसस्त्र प्रहरीका १७ पुरुष र १ महिला छन्।
आज सङ्क्रमण पुष्टि भएका शसस्त्र प्रहरीहरू नेपाल–भारत सिमाक्षेत्र, काँकरभिट्टा होल्डिङ सेन्टर र क्वारेन्टाइनमा खटिएको बताइएको छ। यस अघि २ जना सशस्त्रका जवानमा कोरोना सङ्क्रमण देखिएको थियो ।गत साउन ७ गते थप ४८ जना शसस्त्र प्रहरीको स्वाब संकलन गरि विराटनगर स्थित प्रादेशिक प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो।
त्यस्तै, आजै बाह्रदशी गाउँपालिकाका ३, झापा गाउँपालिकाका ३ र बिर्तामोड नगरपालिकाका १ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको हो। सबै संक्रमितहरुलाई थप उपचारका लागि मोरङको गोठगाउँस्थित कोभिड आइसोलेसन केन्द्र लागिएको छ। यो सँगै झापामा सङ्क्रमितको संख्या ३ सय ४५ पुगेको छ। २ सय ९९ जना निको भएर घर फर्किसकेका छन्।