निर्मला पन्त हत्याको दुई वर्ष: दुर्गादेवीले न्याय पाउने छाँटकाँट अझै देखिन्न

  • इन्दु धामी, कञ्चनपुर

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या गरिएको शनिबार ठिक दुई वर्ष भयो। २०७५ साउन १० गते निर्मलाको बलत्कार पछि हत्या गरिएको थियो। उनको शव अर्को दिन उखु बारीमा फेला परेको थियो।

भीमदत्तनगरपालिका–२ उल्टाखामकी यी बालिकाका हत्याराको अहिलेसम्म कुनै पत्तो लाग्न सकेको छैन। निर्मला हात्याको अनुसन्धानका लागि विभिन्न अनुसन्धान टोली गठन भए। प्रहरी आफैले प्रमाण मेटाउँदा दोषी पत्ता लगाउन झन झन कठिन बन्दै गएको छ। उनको परिवारले न्याय पाउने झिनो आशा पनि मेसटिदै गएको छ।

निर्मलाकी आमा दुर्गादेवी न्याय पाउन दुई वर्ष संघर्षरत रहिन्। तर उनले न्याय पाउने छाँटकाँट भने देखिन्न। “अब न्याउ पाउने आशैँ छैन पिडा माथी पिडा थपिएको छ” निर्मलाकी आमा दुर्गादेवीले भनिन –“घटना भएको दुईवर्ष पुरा भयो, धेरै आन्दोलन भए अनुसन्धान भए ,हत्याराको सुइकोसम्म पाउन सकिएको छैन, अब त न्याय पाउने आशैँ छैन।”

दुर्गादेवीले पछिल्लो समय दिलिप विष्टलाई शंकाको आधारमा हत्याराको रुपमा किटानी जाहेरी दिएको बताइन्। अन्तर्राष्ट्रिय रुपमा समेत चर्चाको विषय बनेको निर्मला हत्या प्रकरणमा दुई वर्षसम्म पनि प्रहरीले केही हात लागेन। प्रहरीले अहिले पनि घटनाको सुक्ष्म रुपमा अध्ययन अनुसन्धान गरिरहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी मुकुन्द मरासीनीले अहिलेसम्म घटनाको कुनै टुंगो नलागेको तर अनुसन्धान भइरहेको बताए। निर्मला प्रकरणमा सुरुदेखी केही अवरोधहरु आए त्यसले गर्दा ढिलाइ भएको हो।” उनले भने। “निर्मला हत्या प्रकरणलाई हामीले पहिलो प्राथमीकतामा राखेर अनुसन्धान गरिरहेका छौँ।” उनले यस घटनाले संगठन नै चिन्तित तथा बदनाम बनेको बताउँदै निस्कर्षमा पुग्नेगरी अनुसन्धान भइरहेको बताए।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले गरे सुनकोशी–मरिन डाइभर्सन आयोजनाको शिलान्यास

घटना भएको एक महिनापछि २०७५ भदौ ४ गते जिल्ला प्रहरी कार्यालयले भीमदत्तनगरपालिका –१९ बागफाटाका मानसिक अवस्था ठिक नभएका दिलिप विष्टलाई सार्वजनीक गरेपछि निदोर्षलाई फसाउन खोजिएको भन्दै कञ्चनपुरमा आन्दोलन चर्किएको थियो।

आन्दोलनकै क्रममा भीमदत्त नगरपालिका–१८ सालघारीका शनि खुनाले ज्यान गुमाए। पक्राउ परेको केही सातापछि विष्टको डिएनए नमिलेपछि सरकारी वकिल कार्यालयबाट साधारण तारेखमा उनी रिहा भए। डिएनए परीक्षणमै त्रुटि भएको ठहर भएपछि परिस्थिति प्रमाणलाई आधार बनाएर प्रहरीले अनुसन्धान अघि बढाइरहँदा शंकाको सुई फेरी विष्टमाथि नै घुमेको छ।

केही दिन अघि सुदूरपश्चिम प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले कञ्चनपुर पुगेर निर्मला हत्याको अध्ययन गरेका थिए। प्रहरी श्रोतका अनुसार निर्मला हत्या प्रकरणलाई समाधान गर्न प्रहरी त्यसमा केन्द्रित भएको छ।

छानबिनका लागि चार प्रतिवेदन वने तर उपलब्धी शुन्य नै

२०७५ भदौ ८ गते सरकारले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा डीआईजीहरू र उच्च तहका सरकारी अधिकारी सम्मिलित छानबिन समिति बनायो। समितिका पदाधिकारीहरुले स्थलगत अध्ययन गरेपछि मन्त्रालयमा बुझाएको प्रतिवेदन अहिलेसम्म अलपत्र छ। दिलिप विष्टलाई प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेपछि कञ्चनपुरमा आन्दोलन चर्कियो थियो। प्रहरीको गोली लागेर दर्जनौँ व्यक्ति घाइते भए। एक जनाको ज्यान गयो।

तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र प्रमुख जिल्ला अधिकारी कुमार खड्डाकालाई सरकारले केन्द्रमा तान्यो। मैनाली समितिबाहेक निर्मला प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार संगठन र प्रहरी प्रधान कार्यालयका तत्कालीन डीआईजी धिरु बस्न्यातको नेतृत्वका समितिले पनि छुट्टाछुट्टै प्रतिवेदन तयार गरे।

छानबिनकै लागि ६ वटा अनुसन्धान अधिकृत समेत फेरिए

निर्मला हत्या प्रकरणको दुइ वर्ष वितेपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट पाँच जना अनुसन्धान अधिकृत फेरबदल भइसकेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट उक्त घटनाको अनुसन्धान अधिकृतका रुपमा रहने प्रहरी नायव उपरीक्षकहरु छोटो समयमै फेरीने गरेका छन्।

अन्य सम्बन्धित समाचार:  सरकार र विप्लव समूहबीच वार्ता जारी

सुरुवातमा घटनाको अनुसन्धान अधिकृतमा जिल्ला प्रहरी कार्यालयका तत्कालिन प्रहरी निरीक्षक ९हाल निलम्बित० एकिन्द्र खड्का खटिएका थिए। न्याय माग गर्दै आन्दोलन चर्किएपछि अनुसन्धान अधिकृत खड्कासहित सात जना प्रहरी निलम्बित भए।

तत्कालिन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख दिल्लीराज विष्ट र तत्कालिन वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक जगदीश भट्टलाई गृहमन्त्रालयले घटनाको केही महिनापछि जागिरबाटै बर्खास्त गर्यो। सुरुका अनुसन्धान अधिकृत खड्का निलम्बिन भइकेपछि निर्मला प्रकरण अनुसन्धानको नेतृत्व सम्हालेका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले केही महिनामै अन्यत्र सरुवा भए।

उनको सरुवापछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पुगेका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टको पनि निर्मला प्रकरणको फाइल अध्ययन गर्दैैगर्दा इलाका प्रहरी कार्यालय अत्तरीया काज सरुवा भयो। त्यसपछि निर्मला हत्या प्रकरणमा अनुसन्धानको नेतृत्व गरिरहेका प्रहरी नायव उपरीक्षक गणेश बम केही समय मात्रै कञ्चनपुर बसेर सरुवा भए।

बमको सरुवापछि उक्त घटनाको अनुसन्धान अधिकृत रहनुभएका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दको पनि आएको केही महिनामै काज सरुवा भयो। त्यसपछि निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि कञ्चनपुर पुगेका प्रहरी नायव उपरीक्षक रविन्द्र पौडेलको पनि चार महिनामै सुरुवा गरियो।

हाल अमर बहादुर थापाले अनुसन्धानको नेतृत्व गरिरहेका छन। उक्त प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका दुर्गा सिंह समेत लामो समयसम्म कञ्चनपुरमै अनुसन्धानका लागि खटिएका थिए।